जुम्लाको हिमा गाउँपालिकामा टेलिफोन सेना अवरुद्ध


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
जुम्लाको हिमा गाउँपालिकामा  टेलिफोन सेना अवरुद्ध
काठमाण्डौँ । जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले  सेवा अवरुद्ध हुन पुगेको हो ।  काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए । 

उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए ।