जुन महिनाभित्र झन्डै ४७ हजार पर्यटक नेपाल भित्रिए


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
जुन महिनाभित्र झन्डै ४७ हजार पर्यटक नेपाल भित्रिए
काठमाण्डाै। सन् २०२२ को जुन महिना भित्र नेपालमा झन्डै ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल भित्रिएका हुन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक र समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट दुई हजार तीन सय ६९ जना पर्यटक नेपाल आएका छन् ।

त्यस्तै, युरोपका देशहरुबाट चार हजार सात सय ८७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट आठ हजार नाै सय ८० जना र अन्य देशबाट तीन हजार दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को जुन महिनामा कोरोना महामारी सुरु हुनुअघि  ६१ हजार तीन सय ५१ जना पर्यटक नेपाल आएका थिए भने सन् २०२२ काे जनवरीयताका ६ महिनामा दुई लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल भित्रिएका छन् ।