नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नाै सय ५७ जना पर्यटक नेपाल भित्रिएका हुन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक र समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट दुई हजार तीन सय ६९ जना पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, युरोपका देशहरुबाट चार हजार सात सय ८७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट आठ हजार नाै सय ८० जना र अन्य देशबाट तीन हजार दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् ।
सन् २०१९ को जुन महिनामा कोरोना महामारी सुरु हुनुअघि ६१ हजार तीन सय ५१ जना पर्यटक नेपाल आएका थिए भने सन् २०२२ काे जनवरीयताका ६ महिनामा दुई लाख ३७ हजार ६ सय ९६ जना पर्यटक नेपाल भित्रिएका छन् ।