जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क होः प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क होः प्रधानमन्त्री देउवा
काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । 

नेपाल ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन्। सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । 

देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना पनि दिएका छन् ।