‘कबड्डी ४’ की नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
‘कबड्डी ४’  की नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौँ। जेष्ठ १३ गतेबाट हलमा सार्वजनिक भएको ‘कबड्डी ४' फिल्मकी एक नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिभिल मलको हलमा फिल्म हेर्न गएका मुगुका फुर्वा लामा रहेको प्रहरीले जनाएको छ । लामाले आइतबार साँझ हलमा आफुमाथि दुर्व्यवहार गरेको भनी नायिकाले न्यूरोडस्थित जनसेवा प्रहरी वृत्तमा अभद्र व्यवहारको उजुरी दर्ता गराएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

नायिकाले युवकले आफुलाई पछाडिबाट अस्वभाविक रुपमा छोएको बताएकी छन् भने प्रारम्भिक अनुसन्धानमा युवकले भिडमा भुलवश छुन पुगेको बयान दिएको बताइएको छ । 

अदालतबाट म्याद थप गरी लामा माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।