Media Network

कागतीको मुल्य आकाशियो, महिनादिनमै १२५% ले वृद्धि


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौ । देशमा पेट्रोलियम पदार्थको अस्वभाविक मुल्यबृद्धिको मारमा परेका आम उपभोक्ताहरु अब नियमित भान्सामा प्रयोगमा आउने कागतीको अत्याधिक मुल्यबृद्धिको समेत सिकार बन्ने भएका छन् ।

स्वभाविकले गर्मीयामको सुरुआतसँगै कागतीको खपत बढ्ने गर्छ । तर यहि बेला कागतीको मूल्य ह्वात्तै बढ्दा उपभोक्ताहरु मर्कामा परेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो १ महिनाको अवधिमा कागतीको थोक मूल्यमा १२५ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज कागतीको थोक मूल्य प्रतिकेजी ४२५ रहेको छ। जब ठीक एक महिना अगाडि कागतीको थोक मूल्य प्रतिकेजी १९० रुपैयाँमात्रै थियो।यद्यपी नेपालमा कागती खेतिमा आकर्षक बढ्दो भएतापनि दिनानुदिन कागतीको उत्पादन घट्दै जाँदा मूल्य आकाशिएको खुद्रा व्यापारीहरु बताउँछन्। 

गोटामा कागती बेच्दा अहिले प्रतिगोटा रु १५ पर्न आँउछ, र सोहि मुल्यमा बेच्दा हामीलाई आउने नाफा भनेको त्यहि १।२ रुपैया मात्र हो एक जना व्यापारीले बताए ।

देशभित्रकै उत्पादनले नपुग्ने भएकोले कागती पनि भारतबाट ठूलो परिमाणमा आयात हुने गरेको छ। तर यो बेला भारतमा पनि कागतिकोे मुल्यबृद्धि भएकाले त्यसको प्रत्यक्ष असर यहाँ पनि परेको ती व्यापारीले बताए ।अहिले भारतमा प्रतिकेजी कागतीको मूल्य भारु २५० सम्म पुगेको छ । एक महिनाअघिसम्म भारतमा प्रतिकेजी कागतीको मूल्य भारु १०० पर्ने गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद