Media Network

क्लबको भवन बनाउने विषयमा झडप हुदा सांसद साह घाइते


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

काठमाडौँ । सर्लाहीको इश्वरपुरमा क्लबको भवन बनाउने विषमा झडप हुदा प्रतिनिधिसभा सांसद प्रमोद शाहको टाउकोमा गम्भिर चोट लागेको छ ।  

शनिवार इश्वरपुर ६ स्थित बयलवास बजारमा फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा दुइपक्ष बिच झडप भएको हो । यो विषयमा पहिलदेखि नै विवाद भइरहेको थियो । शिनवार सांसद प्रमोद शाह घटनास्थल पुगे लगतै झडप सुरूभएको बताइएको छ । उक्त क्लबको भवन बाटो (सडक) मा परेको भन्दे केही दिनयता सो विषलाई लिएर विवाद चुलिदै आएको थियो । 

एक पक्षले सडक छ्टया्एर बाँकी भागमा क्लबको भवन निर्माण गर्नु पर्ने माग राख्दै आएका थिए । क्लब घर नजिकैका छिमेकी लगाएत अर्काे पक्षले यहि अवसरमा क्लबको भवन निमार्णमा अवरोध गर्दै हटाउन दबाब दिएका थिए ।  

सो विषयको विवादमा घाइते भएकका प्रतिनिधिसभा सांसद प्रमोद शाहको बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद