Media Network

कार दुर्घटनामा परे गायक प्रमोद खरेल


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौँ। कार दुर्घटनामा परेर गायक प्रमोद खरेल घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो ।

कार्यक्रममा सहभागी हुन तुल्सीपुर जाने क्रममा आयोजकले चलाएको कार दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् । कार सडकको पर्खालमा बज्रिएको उनले बताएका छन्। 

उनका अनुसार आफू अर्धनिद्रामा भएका बेला कार दुर्घटना भएको हो। दुर्घटनामा आफ्नो होस गुमेपछि उनलाई कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएका थिए । करिब ४५ मिनेटपछि उनको होश आयोको थियो ।

राति ४ बजे अस्पतालबाट डिस्चार्ज भएर हाल उनी काठमाडौं आएका छन् । काठमाडौंको अस्पतालमा सबै चेक जाँच गरि अहिले आफू बेड रेस्टमा रहेको खरेलले जानकारी दिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद