कस्तो रहने छ आजको मौसम ?


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
कस्तो रहने छ आजको मौसम ?
काठमाडौं।  मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको बताएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षा हुने भएको हो।

यतिबेला प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।