कैदीबन्दीलाई पनि मताधिकार दिन सर्वोच्चको आदेश


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
कैदीबन्दीलाई पनि मताधिकार दिन सर्वोच्चको आदेश
काठमाडौँ। सर्वाेच्च अदालतले अबदेखि जेल, हीरासतमा रहेका कैदी बन्दीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । 

काठमाडौँ स्कुल अफ ल का विद्यार्थीहरु निशान्त पोखरेल र प्रदिक्षा केसीले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई पनि मतदान गर्न पाउने गरी व्यवस्था गर्न आदेश दिएको हो । 

जनताको महत्वपूर्ण त्याग र बलिदानको कारणले नै देशमा हालको लोकतान्त्रिक व्यवस्था आएको र यससँग  जोडिएको महत्वपूर्ण विषयमा तत्काल केही नगरे लोकतन्त्र नै अर्थहिन भएर अपुरणीय क्षति पुग्ने भन्दै आगामी दिनमा हुन लागेको प्रदेश र संघिय निर्वाचनमा कैदीबन्दीहरुको मताधिकार सुनिश्चित गर्न उनीहरुको बालिग मताधिकारको प्रयोग गर्न र मतदाता नामावलीमा नाम समावेश गर्नका लागि आवश्यक व्यवस्था मिलाउन माग गर्दै पोखरेल र केसीले अदालतमा रिट दायर गरेका थिए ।