काठमाडौँ स्कुल अफ ल का विद्यार्थीहरु निशान्त पोखरेल र प्रदिक्षा केसीले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई पनि मतदान गर्न पाउने गरी व्यवस्था गर्न आदेश दिएको हो ।
जनताको महत्वपूर्ण त्याग र बलिदानको कारणले नै देशमा हालको लोकतान्त्रिक व्यवस्था आएको र यससँग जोडिएको महत्वपूर्ण विषयमा तत्काल केही नगरे लोकतन्त्र नै अर्थहिन भएर अपुरणीय क्षति पुग्ने भन्दै आगामी दिनमा हुन लागेको प्रदेश र संघिय निर्वाचनमा कैदीबन्दीहरुको मताधिकार सुनिश्चित गर्न उनीहरुको बालिग मताधिकारको प्रयोग गर्न र मतदाता नामावलीमा नाम समावेश गर्नका लागि आवश्यक व्यवस्था मिलाउन माग गर्दै पोखरेल र केसीले अदालतमा रिट दायर गरेका थिए ।