काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर
काठमाडौँ।  राजधानी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरभित्र परेको छ । वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि हुँदा उक्त्त हावा मानव स्वास्थ्यका लागि अस्वस्थ मानिदा हाल काठमाडौँको  एक्यूआई भने एक सय ६२ रहेको छ । 

त्यस्तै विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।