Media Network

काठमाडौं-तराई-मधेस फास्ट ट्रयाक सुरुङ खन्ने काम रोकियो


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट-ट्रयाक) काम रोकिएको छ ।  दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई तत्कालका लागि काम रोक्न निर्देशन दिएको हो ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनका कर्मचारी फेरिएपछि परामर्शदाताले अध्ययन सुरू गरेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले फास्ट-ट्रयाकको काम केही समयको लागि रोकिएको बताए ।

उनले भने, ‘निर्माण कम्पनीका केही कर्मचारी फेरिएका छन् । यसभन्दा अघिसँगको कामको गुणस्तरीय छ कि छैन भनेर अध्ययन हुन्छ । अब १ हप्तासम्म अध्ययन गरेर काममा के के कमजोरी भएको भए सुधार गर्ने र गुणस्तरीय भएको रहेछ भने निरन्तर काम अगाडि बढ्नेछ ।’

फास्ट ट्रयाकमा गत वर्षको चैतदेखि सुरुङ खन्ने काम सुरु भएको थियो । हालसम्म प्याकेज १ र २ को करिब २५ मिटर सुरुङ निर्माण गरिसकिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद