Media Network

काठमाडौंको फोहोर आजबाट उठाइने, यस्ताे बन्याे सहमति (सहमतिपत्रसहित)


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएपछि मंगलबारबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको छ । 

नुवाकोटको सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने गरी सोमबार त्रिपक्षीय सहमति भएको हो । जेठ २४ गतेबाट उपत्यकाको फोहोर बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा उपयुक्त विधिअनुसार विसर्जन गर्ने कार्यमा ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने भनी प्रभावित क्षेत्रको तर्फबाट हस्ताक्षर भएको छ । 

सोमवार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको थिएन । 

हिजोको बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाउनुका साथै प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ । 

एक हप्ताभित्रै धुनिवेशी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनी गाउपालिकाको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बिमा गर्ने सहमति पनि भएको छ । 

यस्ताे छ, सहमितः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद