काठमाडौंको थलीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
काठमाडौंको थलीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा आज बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ४ ख ५००५ नम्बरको पानी ट्याङकरले आज बिहान सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङकर सहित चालकलाई प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।