Media Network

काठमाडौंमा भाडामा बसेर पढ्ने विद्यार्थीलाई विद्युतीय चुलो बाँडिदै


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई निशुल्क  विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । त्यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको हो । 

यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् । अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

आउँदो असार ९ गतेसम्म आवेदन दिन सकिने प्रवर्द्धन केन्द्रले जनाएको छ ।

आवेदन दिँदा विद्यार्थीले लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस समेत उपलब्ध गराउनु पर्ने जनाइएको छ ।

केन्द्रले पछिल्लो समय एलपी ग्यासको मूल्य बढ्दै गएको अवस्थामा विद्यार्थीहरूलाई राहत स्वरुप विद्युतीय चुलो वितरण गर्न लागिएको जनाएको छ । 







Share:
Reaction :
ताजा समाचार
खेलकुद