क्यालिब्रेसन उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई घण्टा बन्द हुने


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
क्यालिब्रेसन उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि बिहीबार साढे दुई घण्टा उडान बन्द हुने भएको छ। 

विमानस्थल कार्यालयका अनुसार ३ बजेदेखि साढे ५ बजेसम्मका लागि उडान बन्द हुने भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि आएको एरोथाईको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्यालिब्रेसन उडान गर्न लागिएको हो।जसका कारण उडान साढे दुई घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।