खहरे खोलामा बसबाट चिप्लिएका सहचालक बेपत्ता


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
खहरे खोलामा बसबाट चिप्लिएका सहचालक बेपत्ता
काठमाडौँ । नारायणगढ – मुग्लिन अन्तर्गत सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । 

काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा  चिप्लिएर बेपत्ता भएका हुन् ।  

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । बोहोराको खोजीका लागि अहिले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली खटाइएको छ ।