लाइसेन्समा बर्ग थपका लागि आवेदन खुल्यो


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
लाइसेन्समा बर्ग थपका लागि आवेदन खुल्यो
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले वर्ग थपका लागि अनलाइन आवेदन खुला गरेको हो  

विभागले सोमबारराति ९ बजेदेखि वर्ग थपको लागि समेत आवेदन खुलाएको छ । 

यसअघि सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलेको थियो ।