८ लाख क्षतिपूर्तिको सहमतिपछि उठाइयो केएमसी कर्मचारीको शव


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
८ लाख क्षतिपूर्तिको सहमतिपछि उठाइयो केएमसी कर्मचारीको शव
काठमाडौँ। बुद्धनगरस्थित केएमसी स्कुलको होस्टेलमा शनिबार राति मृत फेला परेकी कर्मचारी रमा रायमाझीको परिवारलाई  ८ लाख रकम दिन राजी भएपछि उक्त शव दुई दिन पछि उठाइएको छ।

विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख क्षतिपूर्ति दिने सहमति भएपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए। 

स्कुलकै होस्टलमा शनिबार साँझ  मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन्। तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो। 

उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।