लैङ्गिक तथा यौनिक अल्पसंख्यकको काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’ (फोटोफिचर)


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’ (फोटोफिचर)
काठमाडौँ। काठमाडौंमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हक अधिकारका निम्ति माइतीघरमा ‘नेपाल गौरव यात्रा’ मनाइएको छ  ।  २० औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । नेपालमा ०७६ सालदेखि सुरु गरिएको र हालसम्म चौथो पटकको गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । 

सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लाञ्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्व भरी नै गौरव यात्रा आयोजना हुने गर्छ ।