Media Network

लाङटाङका कृषकलाई ढिके नुन र त्रिपाल वितरण


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौँ। रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका कृषकलाई ढिके नुन र त्रिपाल वितरण गरिएको छ ।

त्यहाँ कृषि क्षेत्रमा लागेका कृषकलाई दुग्ध विकास व्यावसायिक संस्थानले प्रत्यक कृषकलाई  २५ किलो ढिके नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताए  ।

दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उनको भनाइ छ ।

‘चौरीलाई दिनका लागि नुन पनि नभइ नहुने कुरा हो’, उनले भने , ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद