लेदो सहितको पहिरोले डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
लेदो सहितको पहिरोले डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध
काठमाडौँ।  गएरातिदेखिको लगातार वर्षाका कारण पहिरो जाँदा डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर भारी वर्षाले मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो सहितको पहिरो आएर सडक अवरुद्ध बनेको हो । 

अहिले सडक अवरोध खुलाउन आवश्यक पहल भइरहेको छ ।