Media Network

महाभूकम्पको सात वर्ष


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौँ । गोरखाको बारपाक केन्द्रविन्दु भएर महाभूकम्प गएको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।

सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

सरकारले भने वि.सं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद