महिलामाथि अभद्र व्यवहार गरेकी स्वास्थ राज्यमन्त्री वली अस्पताल भर्ना


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
महिलामाथि अभद्र व्यवहार गरेकी स्वास्थ राज्यमन्त्री वली अस्पताल भर्ना
बुटवल । तुल्सीपुरमा एक महिलामाथि अभद्र व्यवहार गरेकी लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला बिमला खत्री वली अस्पताल भर्ना भएकी छन् ।

मंगलबार राति १ बजेतिर राज्यमन्त्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको जनाइएको छ । डा. मेसु ढकालका अनुसार मेडिकल विभागका फिजीसीयनहरुले चेकजाँच गर्दा स्वास्थ राज्यमन्त्री केसीको सुगरको मात्रा र रक्तचाप बढेको र अन्य जाँचको रिपोट आउन बाँकी रहेको र हाल उनको उपचार भैरहेको बताइएको छ । 

मंगलबार बिहान दाङको तुल्सीपुर–५ स्थित एकजरा भण्डारीको घरमा गएर राज्यमन्त्री वलीले भण्डारीको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेकोले उनलाई स्थानियले घरमा नै थुनेर राखेपछि प्रहरीले पक्राउ गरेको थियो । राज्यमन्त्री वली विरुद्ध एकराजकी श्रीमतीले अभद्र व्यवहारको मुद्धा समेत दिएकी थिइन् । 

प्रदेश सरकारले प्रदेश सरकारको बैठक र बहालवाला मन्त्री भएको कारण बुटवल पठाइदिन आग्रह गरेपछि राज्यमन्त्री वलीलाई मंगलबार बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।