Media Network

मेलम्चीको पानी आजदेखि पुनः घर–घरमा


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । मेलम्चीको पानी आइतबारदेखि पुनः घर–घरमा वितरण सुरु हुँदैछ । दस महिनापछि मेलम्चीको पानी पुनः वितरण गर्न लागिएको हो । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । 

गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै मेलम्चीको बाढीले क्षति पुयाएको थियो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुने जनाइएको छ । 

मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो । यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद