Media Network

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

मोरङ। बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । 

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद