मंगलबार विहानको मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो ।
कुवेतबाट आएको जहाज मंगलबार बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो । भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब ६ः५० मा उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।