Media Network

मौसम पूर्वानुमान महाशाखा भन्छ– अचानक बाढी आउन सक्छ


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ । 

तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो । काठमाडौं उपत्यकामा बिहानैदेखि कालोनिलो भइ वर्षा शुरू भएकाे छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ ।  बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद