Media Network

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नै नदिने


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान गर्ने र पुग्ने गन्तव्य स्थलमात्र नभई हवाई मार्ग (इनरुट) को मौसमसमेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

इनरुटको मौसम सफा नभए पनि उडानको अनुमति दिने गरिएकोमा अब त्यसो नगरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले बताए । तारा एयरको विमान दुर्घटनाबाट पाठ सिकेर प्राधिकरणले त्रुटि सच्याउन लागेको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भीएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्यान्ड गर्ने विधि भन्ने बुझिन्छ । तर, आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागू हुने छैन ।

यो नियम भीएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागू हुनेछ । आईएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन ।

तर, त्यसका लागि पहिले विमानमा तथा विमानस्थलमा आईएफआर हुनुपर्ने तथा विमानचालक यो सिस्टम चलाउन दक्ष हुनुपर्ने कर्णको भनाइ छ ।

त्यस अवस्थामा उनीहरूले इनरुट मौसम सफा नभए पनि उडान अनुमति पाउनेछन् । नत्र भने उनीहरू उड्ने स्थान, पुग्ने स्थान र जाने बाटोको पनि मौसम सफा भएको यकिन भएपछि मात्रै एटीसीले उडान अनुमति दिनेछन् । सफा नभएको अवस्थामा उडानको अनुमति पाउने छैनन् ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको हवाईजहाज इनरुट मौसमको खराबीका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक निष्कर्ष छ, आजको समाचारपत्र दैनिकले समाचार छापेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद