Media Network

‘मिसेस एण्ड मिस गुरुङ २०२२’ सिजन-३ को अडिसन जेठ २२ मा हुँदै


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदि(बहिनीमार्फत अन्य जन जाति स्तरमा समेत  सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्षदेखि आयोजना गरिँदै आएको ‘मिसेस एण्ड मिस गुरुङ (२०२२’ सिजन-३ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो।

विगत ४ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के.इन्टरटेनमेन्ट प्रालिले ‘मिसेस एण्ड मिस गुरुङ (२०२२’ को अडिसन यहि आउदो जेठ २२ गते आइतबार हुने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन्। उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन्।

एस.के. इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज हुन्। सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै लाखौँ महिला दिदीबहिनीहरुको मन जित्न सफल युवा व्यक्तित्व रहेकी छिन्। जनजाति महिला दिदी बहिनीहरुलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरुको क्षमता र व्यक्तित्वलाइ उजागर गर्ने कार्यमा उनको ठुलो योगदान समेत रहेको छ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धी गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेको कुराहरुलाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन्।

इच्छुक प्रतियोगीहरुले एस.के. इन्टरटेनमेन्ट प्रालिको कार्यलय सामाखुसी काठमाडौंबाट फर्म लिएर भाग लिन सकिने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद