निगमको कमजोर व्यवस्थापन : यात्रुलाई हस्तलिखित बोर्डिङ पास


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
निगमको कमजोर व्यवस्थापन : यात्रुलाई हस्तलिखित बोर्डिङ पास
काठमाडौँ। नेपाल एयरलाइन्सको फितलो व्यवस्थापनका कारण हाल एयरलाइन्सले यात्रुलाई हस्तलिखित बोर्डिङ पास दिन थालेको छ। यससँगै यात्रुहरुले हस्तलिखित बोर्डिङ पासले अन्तर्राष्ट्रिय रुपमै बेइजत भएको टिप्पणी पनि गरिरहेका छन् ।

व्यवस्थापनले  निर्धारित समयमै प्यासेन्जर सर्भिस सिस्टम (पीएसएस)को नविकरण गर्न नसक्दा एयरलाइन्सले बोर्डिङ पास हस्तलिखित दिन थालेको हो।

यो समस्या केही दिनका लागि मात्र भएको निगमका एक अधिकारीको जिकिर छ । उनका अनुसार  एउटाबाट अर्को सिस्टम अपग्रेडका लागि केही समय लागेको हुनाले यो समस्या छिट्टै समधान हुनेछ । 

निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाजमार्फत उडान गर्दै आएको छ। निगमले अहिले भारतको ३ वटा सहरहरुमा उडान भर्दै आईरहेको छ।