नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक
काठमाडौँ। मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भामले नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै  सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन् । 

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयाेजित कार्यक्रमममा उनले सम्पति सार्वजानिक गरेका हुन् ।  जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे ।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ काे ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविकसमा कित्ता नम्बर ५ काे ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ काे ४५५८ वर्गमिटर  र सुर्खेतकाे साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए । 

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाकाे घर पनि आमाकै नाममा रहेको उल्लेख गरे । गमगढी बजारमा रहेकाे ६ कोठाकाे घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जकाे तीन तले घर आमा लालकली भामको नाममा रहको जनाइन्ई ।   

नगर प्रमुख भामले यि सम्पतिमा आफ्नाे कुनै हक दावी नलाग्ने बताए । प्राय: जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पती पुर्ख्यौली भएकाे पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरु सय थान र लिउ, गँलैचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए ।