बाढीले गर्दा पुलमुनिको ग्याबिन भासिएको छ। ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्।
पुलमा छड बाँध्ने काम भइरहेको थियो। शुक्रबार राति गएको बाढीले पुलका केही सामान र संरचना पनि बगाएको छ।
यो पुल सिँगटी हाइड्रो र बिगु गाउँपालिकाको संयुक्त लगानीमा निर्माणाधीन थियो। हाइड्रोले ८० र गाउँपालिकाले २० प्रतिशत बजेट लगानी गरेका थिए।
यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । २५ मिटर लामो यो पुल दुई करोड १६ लाख बजेटमा निर्माण गर्न लागेको थियो।