Media Network

नेवार समुदाय सिथि नखः पर्व मनाउँदै


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाउँदैछन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । 

सिथि नखः पर्वका दिन नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्ने प्रचलन पनि रहेको छ । हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखः पर्वका दिन देवी देवतालाई मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, मालपुवा चढाउने र आफूले पनि भोजन गर्ने चलन छ ।

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद