Media Network

नायक पल शाहको मुद्दा न्यायाधीश शुक्ला र पुडासैनीको संयुक्त इजलासमा


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ।  नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज सुनुवाइ हुने भएको छ। शाहको निवेदन न्यायाधीश उज्ज्वल  शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको छ।  

यसअघि पटक पटक सुनुवाई सर्दै आएको छ।  गत साता पनि पेशी तोकिएको थियो तर, न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए।

पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।

त्यस्तै बलात्कारको अभियोग लगाएका जाहेरवाला र पीडितले बकपत्रका क्रममा कुरा फेरेपछि पीडितले नै होइन भनिसकेकाले शाहलाई थुनामुक्त गर्नुपर्ने उनी पक्षधर कानुन व्यवसायीको माग रहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद