पाँचथरमा पहिरोले ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
पाँचथरमा पहिरोले ३ जनाको मृत्यु
काठमाडौँ । पाँचथरमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ। जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ बिदीनमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त पहिरोमा परेका १ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । बर्सातको कारण गएको पहिरोले स्थानीय रूपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । 

शुक्रवार रातीको वर्षाले गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजतलासको क्रममा ५५ वर्षीय रूपलाल मगर र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई पुरिएको अवस्थामा आज बिहान शव फेला पारेको हो ।