Media Network

पहिरो पन्छाएपछि खुल्यो भीमफेदी सडक


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । भैसे–भीमफेदी सडकखण्डमा पहिरोका कारण अवरुद्ध यातायात सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–४ पान्द्राङमा शुक्रबारराति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको थियो । 

उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा पनि पहिरो गएको छ । केही दिनअघि गएको पहिरो हटाउन नपाउँदै पुनः पहिरो गएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद