पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग चार घन्टापछि खुल्यो


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग चार घन्टापछि खुल्यो
काठमाडौँ। चितवनको ईच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ।

आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन-कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो।

उक्त पहिरो खसेको चार घन्टापछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।