पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी रुपमा सञ्चालन


खबरस्टोरी संवाददाता
१४ असार २०७९, मंगलवार
पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फी रुपमा सञ्चालन
काठमाडौँ। मंगलवार बिहानैदेखि पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा पुन: सञ्चालनमा आएको छ। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि अवरुद्ध भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाणले जानकारी दिए।

सडक सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन हिँडेका छन्।