Media Network

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौँ। वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलेको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि मंगलवार बिहान १०:३० देखि सडक पुनः सञ्चालनमा आएको हो।

पहिरोले  मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो। मंगलवार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो। उक्त खण्डको ठाउँठाउँमा स-साना पहिरा खसेका थिए। सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद