Media Network

पोखरामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

कास्की।  कास्कीको पोखरा महानगरपालिका–२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको घिरिङ गाँउपालिका–१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरा स्थित पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो । पोखराबाट तनँहु तर्फ जादै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो । 

बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद