काठमाडौँ। पोखरास्थित सेती नदीमा आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ। गएरातिदेखि आएको बाढीले पुलको फाउण्डेसन वालमा क्षति पुगेको पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए।
पुल भासिएकाले पोखरा २५ र १९ को सडक-खण्ड छुटिएको उनले बताए। लगभग ७ वर्ष अघि बनेको पुलको फाउण्डेसनमा क्षति पुगेको बताइएको छ।
पुल भासिएर तल झरेको र पुल भासिएपछि आवतजावत रोकिएको छ।