पोखरास्थित सेती नदी माथिको पुल भास्सियो


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
पोखरास्थित सेती नदी माथिको पुल भास्सियो
काठमाडौँ।  पोखरास्थित सेती नदीमा  आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ। गएरातिदेखि आएको बाढीले पुलको फाउण्डेसन वालमा क्षति पुगेको पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए।

पुल भासिएकाले पोखरा २५ र १९ को सडक-खण्ड छुटिएको उनले बताए। लगभग ७ वर्ष अघि बनेको पुलको फाउण्डेसनमा क्षति पुगेको बताइएको छ।

पुल भासिएर तल झरेको र  पुल भासिएपछि आवतजावत रोकिएको छ।