पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न कसैसँग आर्थिक सहयोग उठाएका छैनौँ


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न कसैसँग आर्थिक सहयोग उठाएका छैनौँ
काठमाडौं । नाबालिग गायिका  समीक्षा अधिकारीको बलात्कारको आरोपमा ४ महिना देखी पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका चर्चित अभिनेता पूर्ण विक्रम शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि पैसा नउठाएको र आर्थिक सहयोग नमागेको बताएकी छिन् ।

विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नको लागि भनेर मोटो रकम असुल गरिएको भन्ने सन्देश प्रवाह भएको र उक्त खबरले शाह परिवारको ध्यान आकर्षण भएको भन्दै रोशनीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो परिवारले  आर्थिक सहयोगका लागि कतै पनि आग्रह नगरेको जानकारी गराएकी हुन् ।

उनले पल शाहको नाममा पैसा नउठाउन पनि सबैलाई आग्रह गरेकी छन् ।