विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नको लागि भनेर मोटो रकम असुल गरिएको भन्ने सन्देश प्रवाह भएको र उक्त खबरले शाह परिवारको ध्यान आकर्षण भएको भन्दै रोशनीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो परिवारले आर्थिक सहयोगका लागि कतै पनि आग्रह नगरेको जानकारी गराएकी हुन् ।
उनले पल शाहको नाममा पैसा नउठाउन पनि सबैलाई आग्रह गरेकी छन् ।