नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवा श्री तृतिय श्रेणी पदकबाट विभुषित गरिएको हो ।
राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवा श्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।
५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना पञ्चकन्या ग्रुपले डण्डी, पाइप, ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्स्योरेन्स, हाइडोपावर, बैकिङ क्षेत्रमा समेत लगानि गदै आएको छ ।