Media Network

‘पुरुष हिंसा बन्द गर’ भन्दै महिलाहरुको प्रदर्शन


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । पुरुष हिंसा बन्द गर भन्दै शुक्रबार काठमाडौंमा महिलाहरुले प्रदर्शन गरेका छन् । नाबालिकामाथि बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागी महिलाहरुले पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, निर्दोषलाई फसाउन पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला सदर गर्दै शाहलाई थुनामै राख्द बिहीबार आदेश दिएको थियो । 

आफूलाई बलात्कार गरेको भन्दै नाबालिक गायिकाले तनहुँ तथा नवलपुरमा उजुरी दिएकी थिइन् । जिल्ला अदालतको फैसलापछि शाहले पुनः उच्च अदालतको ढोका ढक्ढकाएका थिए । मुद्दा उच्च अदालत पुगेपछि भने नाबालिक गायिकाले बयान फेरेकी थिइन् । पीडितको बयान फेरिए पनि उच्च अदालतले जिल्लाको फैसाललाई सदर गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद