पूर्व कप्तान पारस र ज्ञानेन्द्रसंग मेयर बालेनको भेट


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
पूर्व कप्तान पारस र ज्ञानेन्द्रसंग मेयर बालेनको भेट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले भेट गरेका छन् ।

 उक्त भेटमा उनीहरुले काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए ।

पारस, ज्ञानेन्द्र सँगै शरद भेषावकर र त्यसपछि आएका सुबास खकुरेल र पृथु बास्कोटापछि काठमाडौंबाट नयाँ खेलाडी खासै नदेखिएको पारसले बताए ।