पूर्वमिस नेपाल सदीक्षा वैवाहिक जीवनमा बाँधिइन्


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
पूर्वमिस नेपाल सदीक्षा वैवाहिक जीवनमा बाँधिइन्
काठमाडौँ। पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ  वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार प्रेमी राहुल मोक्तानसँग लगनगाँठो कसेकी हुन् ।

राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयसम्मको प्रेम सम्बन्धलाई  विवाहमा परिणत गरेका हुन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह हुनु आघि नै उनले सिल्भरमै रिसेप्सन पाटी दिइ सकेकी थिइन् । 

विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा  पूर्व मिस मलिना जोशी, सुगारिका केसीको उपस्थिति रहेको थियो । 

सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।