Media Network

२५ पत्रकारलाई सेनाद्वारा ६ दिने तालिम


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको आयोजनामा २५ पत्रकारहरुको लागि ६ दिने तालिम सुरु भएको छ।​

मध्य कमाण्डले जिम्मेवारी लिँदै आएको ३१  जिल्लामध्ये २४ जिल्लाका २५ जना पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम सुरु भएको हो। 

मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा भइरहेको तालिममा गृह मन्त्रालयका उपसचिवसहित नेपाली सेनाका अधिकृतहरुले प्रशिक्षण दिइरहेका छन्। 

२५ गते तनहुँको तनहुँ हाइड्रोपावरको अवलोकन, २६ गते पाल्पा स्थित सैनिक संग्रहालय र २७ गते बुटवलको जितगढीको अवलोकन सहित अन्तिम प्रवचन सहित तालिम समापन हुने छ।

नेपाली सेनाको इतिहासको बारेमा बताउँदै उनले सेनाले जनताको पक्षमा काम गर्ने गरि जनसम्पर्क निर्देशनालय स्थापना गरेको बताए । 

३ दिनको आन्तरिक प्रशिक्षणमा राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपद् व्यवस्थापन, पत्रकार  लगायतका विषयमा प्रशिक्षण हुने छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद