Media Network

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा बुटवलमा प्रदर्शन


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन शुरु गरेको छ ।

बुटवल बहुमुखी क्याम्पस अगाडीको सडकमा जम्मा भएका विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सडकमा टायर बालेर केहिबेर सवारी साधनलाई चल्नबाट रोक लगाएका थिए । प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । मूल्यवृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिएका छन् । 

नेपाल आयल निगमले आइतबार रातीदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । जसअनुसार, पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्यवृद्धि गरी १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलमा प्रति लिटर २७ रुपैयाँले वृद्धि भएर १९२ रुपैयाँ पुगेको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद