आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक विहीबार राती सडक भासिएपछि बाटो अवरुद्ध भएको हो । पहिरोले सडकको आधा भाग भत्काएपछि जोखिम बढेकाले ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो । बाटो मर्मत गर्न समय लाग्ने भएको केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । केही दिन बाटो अवरुद्ध हुने भएकाले बैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काकाअनुसार, उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको छ ।
शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विहीबार राती सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरेको मृत्यु भएको थियो ।