काठमाण्डाै । देशको सबै भन्दा जेठो सङ्घीय राजधानी काठमाण्डाै हो । देशको सबै भन्दा जेठो महानगरपालिका रहेको काठमाण्डाै विकासका पूर्वाधारका हिसाबमा अन्य महानगरपालिकाहरू भन्दा अगाडि नै हुनुपर्ने हो ।
तर विकासका पूर्वाधार निर्माणका हिसाबले अन्य महानगरपालिकाले उछिन्न थालिसके, काठमाण्डाैकाे अवस्था त्यही पुरानै छ कतै कहिँ र केहि विकास परिवर्तन भएको छैन । निर्माणका कामकारवाही भने कछुवाको गतिमा हिडिरहेको छ। जस कारण सर्वसाधारण जनता हरुलाई सास्ती परेको छ ।
काठमाण्डाैको विकास र सडकहरूको मर्मत हुन नसकेको कारण सडकमा पानी पर्दा ठूला–ठूला खाडल बनेका छन् । त्यस खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारीसाधन दुर्घटना अत्यधिक बढेको छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ । यात्रुहरू जाखिममा यात्रा गनै बाध्य भएका छन् ।